काठमाडाैं ।
नेपाल पत्रकार महासंघ लमजुङ शाखाद्वारा १६ औं साधारण सभा तथा आठौं अधिवेशनको अवसरमा बुधबार चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
महासंघले विकास पत्रकारिताबाट दुई जनालाई, क्रियाशिल पत्रकारिताबाट एक जनालाई र सृजनशिल पत्रकारिता पुरस्कारबाट एकजनालाई परस्कृत गरेको हो । विकास पत्रकारिता पुरस्कार बाट पुरस्कृत हुनेमा नेपाल पत्रकार महासंघका लमजुङका पुर्वाध्यक्षहरु कृष्ण केसी र किसान संगित नेपाली रहनुभएको छ । दुवैजनालाई नगद १० हजार एक सय एक रुपैया, सम्मानपत्र र खदा लगाई पुरस्कृत गरिएको हो ।
२०५२ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएका केसी २०६१ र २०६७ दुई कार्यकाल नेपाल पत्रकार महासंघको अध्यक्ष भई जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ लमजुङ दर्पणका प्रकाशक सम्पादक हुनुहुन्छ । यसै गरि सोही पुरस्कारबाट सम्मानित हुनुभएका किसान संगित नेपाली पत्रकार महासंका पूर्व केन्द्रिय सदस्य एंव लमजुङका पूर्व अध्यक्ष, रेडियो चातारीका अध्यक्ष एवं फोर के. मल्टिमिडियाको निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ ।
त्यस्तै गरि क्रियाशिल पत्रकारीताबाट कान्तिपुर टिभिका लमजुङ रिपोटर आस गुरुङ (बाबु) र तगारो न्यूज डटकमका सम्पादक निरज अधिकारीलाई सृजनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरीएको हो । गुरुङ र अधिकारीलाई जनही नगद दुई हजार पाँच सय पाँच रुपैयाँ, सम्मान पत्र र खदाले सम्मान गरिएको हो । चारै जना पत्रकारलाई अर्थमन्त्री डा. टकराज गुरुङ,प महासंघका अध्यक्ष परमेश्वर अधिकारीले पुरस्कार प्रदान गर्नु भएको हो ।
प्रतिक्रिया