प्रेस युनियनको सल्लाहकारबाट धमेन्द्र झाको राजीनामा


काठमाडौं ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एंव वरिष्ठ पत्रकार धमेन्द्र झाले नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले गरेको निर्णय प्रति असन्तुष्टि पोखेका छन् ।

झाले सामाजिक सञ्जालमा लेख्दै आफुसंग निर्वाचनको विषयमा कुनै सल्लाह नगरिएको बताए । युनियनका सल्लाकारसमेत रहेका झाले सल्लाह नलिने, सल्लाह नमान्ने र सल्लाह नै आवश्यक नपर्ने ठाउँमा सल्लाकार भन्दै बसिरहेनुको तुक नभएको बताए ।

उनले सल्लाकार पद त्यागेको घोषणापनि गरेका छन् । पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनले अध्यक्षसहितको महत्वपूर्ण पदहरु एमाले निकट प्रेस चौतारीलाई बुझाएको छ ।

आफुले पाएको पदहरुमा समेत ब्यापक असन्तुष्टि दखिएको छ । झाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् – “मेरा आत्मीयजनलाइ जानकारी– सल्लाह नलिने, सल्लाह नमाग्ने र सल्लाह आवश्यक नै नपर्ने ठाउँमा सल्लाहकार भन्दै बसिरहनुको के तुक भयो र ? छोडियो ।

साथीहरूसँग रहिरहन त पदै किन चाहियो ? म सधै मेरा साथीहरूसङ्गै छु र रहिरहनेछु । मेरो कसैप्रति कुनै गुनासो छैन । जे छ, आफैसङ्ग छ ।”