पोखरा एभेन्जर्स टस जित्यो, ब्याटिङ गर्दै


काठमाडाैं।

 नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दाेस्राे खेलमा पोखरा एभेन्जर्स टस जितेको छ । कर्णाली याक्स विरुद्धको खेलमा पहिलो टस जितेको हाे । पोखराका कप्तान कुशल भुर्तेलले ब्याटिङ रोजेका हुन् ।

  त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल दिउँसो १ः०० बजेबाट सुरु भएकाे छ ।

 आज हुने दाेस्राे खेलमा पोखराबाट कुशल भुर्तेल र कर्णालीबाट साेमपाल कामीले नेतृत्व गर्नेछन् ।

 एनपीएल अघिल्लाे शुक्रवारबाट सुरु भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ त्यस्तै   प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

 पोखरा एभेन्जर्स 

कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप आर्याल (आइकोनिक)।

कर्णाली याक्स 

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान),  विपिन शर्मा (आइकोनिक)।