राष्ट्रियसभाको टोली पराजित, प्रतिनिधिसभाको टोलीले हान्यो १३ गोल


काठमाडौं ।

संघीय संसद दिवसको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आज भएको खेलमा प्रतिनिधिसभाको टिमले राष्ट्रियसभाको टिमलाइ फराकिलो अन्तरले पराजित गरेको छ ।

 ‘१८ औं संघीय संसद सेवा दिवस( २०८१ का अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सभामुखको नेतृत्वमा रहेको प्रतिनिधि सभा टिमले अध्यक्षको नेतृत्वमा रहेको राष्ट्रिय सभा टिमलाई १३–० गोल गरेको छ,’  संसद सचिवालयले भनेको छ ।