काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो।
लुम्बिनीका लागि रोहित पौडेले सर्वाधिक ८० रनको योगदान गरे। यसैगरी साद बिन जफरले ५२, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए। चितवनका लागि रिजन ढकाल तीन, रञ्जितकुमा र कप्तान कुशल मल्लले समान एक/एक विकेट लिए।
जारी प्रतियोगितामा चितवनले यसअघिका चार मध्ये तीन खेलमा जित निकालेको छ। लुम्बिनी भने चारै खेलमा पराजित भएको छ।











प्रतिक्रिया