काठमाडौं ।
सेक्रेड हार्टले तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत फुटबलमा सोमबार दोहोरो उपाधि जितेको छ । सेक्रेड हार्ट छात्र/छात्रा दुवैमा च्याम्पियन बन्यो।
तार्केश्वर नगरपालिका, काठमाडौंको आयोजनामा तुसाल खेल मैदानमा भएको छात्र फाइनलमा सेक्रेड हार्टले हिमरश्मिलाई १–० गोलअन्तरले पराजित गर्यो । सुदिसन तामाङले निर्णायक गोल गरे।
छात्राको उपाधि भिडन्तमा सेक्रेड हार्टले कौशललाई २–० गोलले हरायो । दुवै गोल सुविना तामाङले गरिन् । छात्र÷छात्रा दुवैमा नेपाल राष्ट्रिय माविले तेश्रो स्थानमा चित्त बुझायो।
एन्जल्स हार्ट र मानसिंह च्याम्पियन
भलिबलको छात्रमा एन्जल्स हार्ट र छात्रामा मानसिंह धर्म माविले उपाधि जिते । छात्रको फाइनलमा एन्जल्स हार्टले हिमरश्मिलाई २५–१६, १३–२५, २५–१५ र २५–२२ को सेटमा पराजित गर्यो । कालीदेवी तेश्रो भयो ।
छात्राको फाइनलमा भने एन्जल्स हार्ट चुक्यो । मानसिंहले एन्जल्स हार्टलाई २५–१३, १३–२५, २५–१७ र २५–२२ ले हरायो । मनमैजुले तेश्रो स्थानमा चित्त बुझायो ।
सेक्रेड हार्ट र हिमरश्मि पहिलो
कबड्डीको छात्रमा सेक्रेड हार्ट र छात्रामा हिमरश्मि पहिलो भए। छात्रको फाइनलमा सेक्रेड हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ५९–२६ ले पराजित गर्यो। मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको छात्राको फाइनलमा हिमरश्मिले मानसिंहलाई ७२–५२ ले हरायो ।











प्रतिक्रिया