अमर आदर्शलाई फुटसल उपाधि


काठमाडौं ।

अमर आदर्शले सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत छात्र फुटसलको उपाधि आइतबार जितेको छ। कमलादीस्थित युनिग्लोब कलेजमा भएको फाइनलमा अमर आदर्शले बोधी सदनलाई १–० गोलले पराजित गर्‍यो।

गोविन्द विकले निर्णायक गोल गरे। एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगितामा निर्मल ज्योति तेश्रो भयो। निर्मल ज्योतिले कान्तिपुर इङलिस स्कुललाई ३–१ ले हरायो । निर्मल ज्योतिका समपर्ण थापा मगरले २ तथा सागर मगरले १ गोल गरे । कान्तिपुरका माधव सुवेदीले सान्त्वना गोल फर्काए।