चन्द्रमाबारे केही रोचक तथ्य


चन्द्रमा पृथ्वीको एकमात्र उपग्रह हो । सन् १९३० को अगष्टमा निल आर्मस्ट्रङले पहिलो पटक चन्द्रमामा पाइला टेकेका थिए । पछिल्लो समय अमेरिका र चीन चन्द्रमामा मानिस पु¥याउने होडमा छन् ।

चीनले सन् २०३० को दशकमा चन्द्रमामा एउटा आधारशिविर बनाउने योजना बनाएको छ भने अमेरिकाले सन् २०२८ भित्र चन्द्रमामा एउटा अन्तरिक्ष केन्द्र बनाउने योजना बनाएको थियो ।

यद्यपि अमेरिकाको यो योजना शुरू हुन ढिलाइ भइसकेको छ । त्यस्तै भारतले पनि सन् २०३५ को दशकमा चन्द्रमामा एउटा आधारशिविर बनाउने योजना बनाएको छ । यति धेरै चासोको केन्द्र बनेको चन्द्रमाबारे केही रोचक तथ्यहरू यस्ता छन् :

१. आकार: चन्द्रमाको व्यास लगभग ३,४७४ किलोमिटर छ, जुन पृथ्वीको व्यासको लगभग चौथाइ हुन्छ ।
२. दूरी: पृथ्वी र चन्द्रमा बीचको औसत दूरी ३,८४,४०० किलोमिटर छ ।
३. गुरुत्वाकर्षण: चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको गुरुत्वाकर्षणको ६ भागको एक भाग मात्र छ, जसका कारण चन्द्रमामा वजन पृथ्वीको तुलनामा निकै कम हुन्छ ।
४. सतह: चन्द्रमाको सतहमा खाल्डाखुल्डी, ज्वालामुखी, र कडा चट्टानहरू छन् । यसको सतहमा पानी छैन, तर बरफ पाइन्छ ।
५. प्रकाश: चन्द्रमा आफैँ प्रकाश उत्सर्जन गर्दैन । यसको चमक सूर्यको प्रकाशको परावर्तनबाट हुन्छ ।
६. परिक्रमा: चन्द्रमा पृथ्वीको एक चक्कर पूरा गर्न २७ दशमलब ३ दिन लगाउँछ ।
७. उत्पत्ति: वैज्ञानिकहरूको अनुसार, चन्द्रमाको उत्पत्ति लगभग ४-५ अर्ब वर्ष पूर्व भएको हो । उनीहरूका अनुसार एक विशाल ग्रह पृथ्वीमा ठोक्किएपछि निस्किएका धुलोको डङ्गुरबाट चन्द्रमा बनेको हो।
८. जीवन: चन्द्रमामा कुनै पनि प्रकारको जीवन अस्तित्वमा छैन । यसको तापमान पनि अत्यधिक हुन्छ, दिनको समयमा १२७ डिग्री सेल्सियस र रातको समयमा (१७३ डिग्री सेल्सियससम्म पुग्छ ।
९. चरण: चन्द्रमा २९ दशमलब ५ दिनमा सम्पूर्ण चरणहरूको चक्र पूरा गर्छ, जसलाई नयाँ चन्द्रमा, अर्धचन्द्र, पूर्ण चन्द्र र घट्दो चन्द्रको रूपमा वर्गीकरण गरिएको छ ।
१०. प्रभाव: चन्द्रमाले पृथ्वीको समुद्रमा ज्वार र भाटा उत्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । चन्द्रमाको गुरुत्वाकर्षणले पृथ्वीको जलवायु र मौसम प्रणालीलाई प्रभावित गर्छ ।