मार्तडी जीप दुर्घटना अपडेट: दुईको मृत्यु, १० जना घाइते

37.04k
Shares

बाजुरा ।

बाजुराको सदरमुकाम मार्तडीमा स्कारपियो गाडी दुर्घनामा परी आइतबार दिउँसो दुई जनाको मृत्यु भएका छन् भने, तीन जना घाईते भएका छन् ।

शसस्त्र प्रहरीवल बाजुराका प्रमुख एवं प्रहरी नायव उपरिक्षक श्याम रावतका अनुसार सडक दुर्घटनामा परी मृत्यु हुनेमा कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं १७ की ३१ वर्षीया गायत्री पन्तको घटना स्थलमै मृत्यु भएको हो । स्कारपियो दुर्घटनामा परी थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमदत्त नगरापलिका १८ कि ५२ वर्षीया राधिका भट्टको मृत्यु भएको छ ।

यो सँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ । एक जनाको घटनास्थलमै मृत्यु भएका थियो । एकजनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी दुर्घटनामा परि ३ जना शख्त घाईते भएका छन् । सडक दुर्घटनामा घाईते हुनेमा बाजुराको गौमुल गाउँपालिका वडा नं ४ का रमेश बहादुर धामी, कञ्चनपूर जिल्ला भिमदत्त नगरपालिका वडा न. १७ का लोकेन्द पन्त, सोही जिल्ला भिमदत्त नगरपालिलका वडा नं १८ कि ५२ वर्षीय राधिका भट्ट, र कञ्चनपुर जिल्ला गुलरीया नगरपालिकाका गाडी चालक ४० वर्षिय मोहनदेब भट्ट शख्त घाईते भएका छन् । उनीहरुको होस आएको छैन डिएस्पी रावतले बताए ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायका अनुसार शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख भट्टजीसँग बाजुरा घुम्न आएका उनका आफन्तहरु सडक दुर्घटनामा परेका हुन् । आइतबार विहान सदरमुकाम मार्तडीस्थित बडिमालिका मन्दिर घुम्न गएका रहेछन् । उपरकोटस्थित बडिमालिकाको दर्शन गरी फर्किने बेला आइतबार दिउँसो १२ बजे तिर सु.प.प्र. ००१च ४३१६ नं.को स्कारपिओ गाडी बडिमालिका नगरपालिका वडा नं ८ अपि होटेलबाट करिब सय तल खसेको थियो । सडकको घुम्ती अनि भिरालो थियो। माथिबाट स्पिडमा ल्याएको हुनसक्छ । मोड्न नसकेर मान्छे सवार जीप सिधै भरिमा खसेको थियो । एक जानाको घटना स्थलमै मृत्यू भईसकको थियो ४ जनालाई अस्पताल लगिएको थियो कृषी ज्ञानकेन्द्र बाजुराका लेखापाल एबं प्रत्यक्षदसी अम्मर बडुवालले भन्नुभयो ।

घाईतेको थप उपचारका लागि एम्बुलेन्स मार्फत धनगढी तिर लगिएको मलिका माविका शिक्षक शेरवहादुर रावलले भन्नुभयो । उनका अनुसार शिक्षा विकास ईकाई प्रमुख शुक्रबार मात्र बाजुरा आएका थिए । आज आइतबार हाजिर लगाएर फेरी रमाना लिई डडेल्धुरा फर्किने योजनामा थिए फर्किन अगाडी बडिमालिका दर्शन र घुमघामका लागि शिक्षा ईकाई प्रमुख भट्टकी श्रीमती राधिका भट्ट सहित आफन्तजन उपरकोट स्थित बडिमालिका मन्दिर तिर गएका थिए । फकिर्ने बेला दुर्घटना भएको शिक्षक रावलले भन्नुभयो ।

भिरालो तथा घुम्ती मोडमा सडक सेफ्टी रेलिंग नहुँदा गाडीका टायर चिप्लिएर दुर्घटना भएको हुनसक्छ जिल्ला समन्वय समिति बाुराका ड्राईभर हेमन्त खड्काले भन्नुभयो । सदरमुकाम मार्तडी भित्रैको उक्त स्थानलाई शुरक्षित गर्न तत्काल रेलिंङ लगाउनुपर्ने स्थानीय प्रत्यक्षदर्शीको भनाई छ । यद्यपी घटना कसरी भयो एकिन भने हुनसकेको छैन ।


यसैवीच आज विहान जिल्लाको हिमाली गाउँपालिका वडा न ६ स्थित धिम गाउँमा जिप दुर्घटना हुदा ७ जना घाइते भएका छन ।धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रीत भई दुर्घटना भई ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


घाइते ७ जनाको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि ल्याईएको प्रहरीले जनाएको छ । घटनामा परेका घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।