भारतीय ग्याँस बुलेट दुर्घटनामा बेपत्ता खोज्न गोताखोर परिचालन


काठमाडौं ।

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका-५ कृष्णभिरस्थित पृथ्वीलोकमार्गमा मंसिर २३ गते विहान दुर्घटनामा परेको एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्याँस बुलेटमा रहेका चालक तथा सहचालकको खोजी कार्यमा गोताखोर सहितको सशस्त्र प्रहरी परिचालन भएको छ ।

चितवनबाट काठमाण्डौतर्फ आउँदै गरेको ग्याँस बुलेट गति अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल त्रिशुली नदिमा खसेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यावस्थापन तालिम शिक्षालय कुरिनटार र बिपद् ब्यावस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङ्गको कमाण्डमा गोताखोर सहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको छ ।