काठमाडौँ ।
पोषणको क्षेत्रमा पैरवी गर्दै आएको ‘पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल’ (सिसान)को अध्यक्षमा दीपक थापा निर्वाचित हुनुभएको छ ।
सिसानको दोस्रो अधिवेसनले अध्यक्षमा दीपक थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । सिसानको निवर्तमान अध्यक्ष प्राडा।उमा कोइराला हुनुहुन्छ ।
यसैगरी अधिवेशनले उपाध्यक्षमा सुनिल श्रेष्ठ, सचिवमा नन्दराज अधिकारी र कोषाध्यक्षमा डा।ज्योति श्रेष्ठलाई निर्वाचित गरेको छ ।
यस्तै सदस्यहरुमा सरोज ढुङ्गेल, रोशनी श्रेष्ठ, जनक थापा, सुदिप चिलुवाल, रिता गुरुङ र माधबी प्रधान निर्वाचित हुनुभएको छ ।
पोषणका लागि नागरिक समाज सञ्जालले नेपालमा पोषणको क्षेत्रमा पैरवी गर्दै आइरहेको छ । सिसानले पोषण सम्बन्धि कार्यक्रमको कार्यान्वयनको अवस्था, जनचेतना लगायतका विषयमा काम गर्दै आइरहेको छ ।
यस्तै सिसानले बहुक्षेत्रीय पोषण योजना अन्तर्गत स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा बालबालिका, र कृषि क्षेत्रसँग समन्वय गर्दै पोषणसँग सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयनका लागि सरकार तथा दातृ निकायलाई झक्झकाउँदै आएको छ ।
प्रतिक्रिया