सूर्यबारे केही रोचक जानकारी


सूर्य उदयसँगै हाम्रो दिनचर्या शुरू हुन्छ र सूर्य अस्ताएसँगै हामी पनि दिनभरिको कामलाई बिट मार्दै बिश्राम गर्न थाल्छौँ । हामी मात्र होइन, सूर्य सम्पूर्ण जीवजन्तुका साथै प्रकृतिका लागि पनि ऊर्जाको स्रोत हो । सूर्यबिना पृथ्वीको जीवन सम्भव छैन । सूर्यसँग सम्बन्धित केही रोचक र अनौठा तथ्यहरू यस्ता छन्:
१. आकार: सूर्यको व्यास पृथ्वीको व्यासको १०९ गुणा ठूलो छ र यसको सतह क्षेत्र पृथ्वीको १२,००,००,००,००० गुणा भन्दा बढी छ ।
२. दूरी: पृथ्वी र सूर्य बीचको औसत दूरी झण्डै १५ करोड किलोमिटर छ, जसलाई खगोलीय इकाइ भनिन्छ ।
३. तापमान: सूर्यको सतहको तापमान लगभग ५,५०० डिग्री सेल्सियस (९,९९२ डिग्री फारेनहाइट) हुन्छ भने यसको भित्रि भागको तापमान १ करोड ५० लाख डिग्री सेल्सियस (२ करोड ७० लाख डिग्री फारेनहाइट) सम्म पुग्न सक्छ ।
४. ऊर्जा:सूर्यले प्रत्येक सेकेन्ड ४२ लाख टन पदार्थलाई ऊर्जा रूपमा रूपान्तरण गर्दछ र यस ऊर्जाको ९० प्रतिशतभन्दा बढी विद्युत् चुम्बकीय विकिरणको रूपमा पृथ्वीमा पुग्छ ।
५. आयु: सूर्य लगभग ४अरब ६० करोड वर्ष पुरानो रहेको र यो आफ्नो जीवनको मध्यमा पुगेको अनुमान गरिएको छ । त्यस्तै यो अझै ५ अरब वर्षसम्म अस्तित्वमा रहने अनुमान गरिएको छ।
६. संरचना: सूर्य मुख्यतः हाइड्रोजन (७४ प्रतिशत) र हीलियम (२४ प्रतिशत) ग्याँसबाट बनेको छ । बाँकी २ प्रतिशत अन्य तत्वहरू जस्तै अक्सिजन, कार्बन, नाइट्रोजन, र आयरन हुन्छ ।
७. गुरुत्वाकर्षण: सूर्यको गुरुत्वाकर्षण पृथ्वीको तुलनामा २७ गुणा बढी शक्तिशाली छ, जसले ग्रहहरूको कक्षलाई नियन्त्रण गर्दछ ।
८. सौर्य ज्वाला: सूर्यमा अत्यधिक तातो हावा र ग्याँसका ज्वाला उत्पन्न हुन्छन्, जसलाई ’कोरोनल मास इजेक्सन’ भनिन्छ । यी ज्वालाहरूले पृथ्वीको वातावरणमा प्रभाव पार्न सक्छन् ।
९.गति: सूर्य पनि एक स्थानमा स्थिर छैन । यो आकाशगंगाको केन्द्रको चारैतिर ७ लाख २० हजार किलोमिटर प्रतिघण्टाको गति पनि घुम्छ ।
१०. सतह: सूर्यमा पृथ्वी, अन्य चट्टानी ग्रह र चन्द्रमामा जस्तो ठोस सतह छैन ।