दक्षिण कोरियाली राष्ट्रपतिमाथिको महाभियोगमा मतदान सुरु


सियोल ।

दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल बिरूद्दको महाअभियोग प्रस्तावमा मतदान सुरू भएकाे छ ।
 

काेरियाली संसदमा सांसदहरूले राष्ट्रपति युन विरुद्ध महाभियोग प्रस्तावमा मतदान गर्न थालेका छन्।

सत्तारुढ दलका एकजना सांसद बाहेक सबैले मतदान अघि संसद छोडेकाले विधेयक पारित गर्न आवश्यक गणपूरक संख्या भने नपुग्ने देखिएको छ ।

गत मंगलबार राती अचानक राष्ट्रपति युनले ‘मार्शल ल’ लगाए पछि कोरियामा राजनीतिक संकट बढेको छ । अप्रत्याशित रूपमा सो कानुन लगाए पछि तत्कालै बसेको संसद बैठकले उनको कदममा रोक लगाएको थियो ।

उनको कदमविरुद्ध देशभरी प्रदर्शन भइरहेका छन । महाअभियोगमा मतदान सुरू हुनु केही घन्टा अघि राष्ट्रपति युनले सो घटनामा माफी मागेका थिए ।