काठमाडौं ।
स्थानीय तहको उपनिर्वाचनबाट नेकपा माओवादी केन्द्र उत्साहित भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले उप निर्वाचनबाट एक्लै चुनाव लड्न सकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको हो ।
कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
‘माओवादी एकताबद्ध भएर जनतामा गएको छ । यसले सकारात्मक नतिजा दिएको छ । पहिला हामीले जितेको आठ वटा थियो अहिले १२ वटा भएको छ’, सापकोटाले बैठक पछि भने, ‘एक्लै चुनाव लड्दा जनताले साथ दिएका छन् । सबै पार्टी मिल्दा पनि हाम्रै पार्टीले विजय हासिल गरेको छ । यसले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको आधार उपचुनावले दिएको छ ।’ उपनिर्वाचनले ०८४ काे तयारीका लागि राम्राे सन्देश दिएकाे उनले जानकारी दिए।
यसैगरी, उर्जा मन्त्री दिपक खड्काले बिधुत प्राधिकरणको भवनमा अलग कार्यालय खोलेकोमा माओवादी केन्द्र असन्तुष्ट भएको छ ।
प्रतिक्रिया