कुनै पनि देशका सरकार प्रमुखका नीति र उनीहरूका निर्णयले चर्चा पाउने गर्छ । कतिपय देशका सरकार प्रमुखको असाधारण तलबका कारण चर्चा हुने गर्छ ।
विभिन्न समाचार एजेन्सीहरूका अनुसार ठूला कम्पनीका सीईओहरू भन्दा केही देशका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूको तलब बढी छ । विभिन्न स्रोतहरूका अनुसार सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङ वार्षिक १६ लाख डलर तलब बुझेर सन् २०२४ मा धेरै कमाउने नेताहरूको सूचीमा पहिलो नम्बरमा छन् । उनको वार्षिक तलब प्याकेजमा १३औँ महिनाको बोनस र अन्य सुविधाहरू पनि समावेश छन् ।
त्यस्तै दोस्रो हङकङका प्रमुख कार्यकारी जोन ली का–चिउ हुन्, जसको तलब ६ लाख ९५ हजार डलर रहेको छ । तेस्रो स्थानमा ५ लाख ३० हजार डलर तलब बुझ्दै स्विट्जरल्याण्डकी राष्ट्रपति भियोला एमहेर्ड छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन भने ४ लाख डलर तलब प्राप्त गर्दै सूचीको चौँथो स्थानमा छन् ।
त्यस्तै अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज ३ लाख ९० हजार डलर तलब बुझेर पाँचाैँ स्थानमा, जर्मन चान्सलर ओलाफ स्कोल्जले ३ लाख ६७ हजार डलर तलब बुझ्दै छैठाैँ स्थानमा, युरोपियन युनियनकी अध्यक्ष उर्सुला भोन डेर लेयनले ३ लाख ६४ हजार डलर तलब बुझ्दै सातौँ स्थानमा, अस्ट्रियाका चान्सलर कार्ल नेहामरले ३ लाख ७ हजार डलर तलब बुझेर आठौँ स्थानमा, क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले २ लाख ९२ हजार तलब बुझेर नवौँ स्थानमा , न्युजिल्याण्ड प्रधानमन्त्री क्रिस्टोफर लक्सनले २ लाख ८८ हजार डलर तलब बुझेर १०औँ स्थानमा र जापानका प्रधानमन्त्री फुमियो कासिदाले ३ लाख ५६ हजार डलर तलब बुझेर ११औँ स्थानमा परेका छन् ।
त्यसबाहेक व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका नेताहरूले आफ्नो व्यापारिक अनुभव र व्यवस्थापन कौशल राजनीतिमा उपयोग गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यस्ता नेताले राजनीतिमा आउनु अगाडि नै विभिन्न उद्योग र व्यापारमार्फत् मनग्ये धनसम्पत्ति आर्जन गरेका थिए । जसमध्येका केही प्रतिनिधि पात्रका पनि चर्चा गरिएको छ । यी नेताहरूको सम्पत्ति मुख्य रूपमा व्यवसाय, प्राकृतिक स्रोत, र उनीहरूको राजनीतिक तथा आर्थिक प्रभावबाट प्राप्त भएको हो ।
० डोनाल्ड ट्रम्प (अमेरिकाका नवनिर्वाचित राष्ट्रपति)
व्यवसाय: ट्रम्प अर्गनाइजेसन (रियल स्टेट, होटल, क्यासिनो) टेलिभिजन निर्माता)
नेटवर्थ: २ बिलियन डलरभन्दा बढी
० भ्लादिमिर पुटिन (रूसका राष्ट्रपति)
सम्पत्ति: अनुमानित २ सय अर्ब डलर
आम्दानी स्रोत: तेल र ग्यास उद्योग, तथा राज्य नियन्त्रित ठूला संस्थाहरूमा अप्रत्यक्ष हिस्सेदारी)
० हस्सनल बोल्कियाह (बु्रनाईका सुल्तान र प्रधानमन्त्री)
अनुमानित सम्पत्ति: ३० अर्ब डलर
आम्दानी स्रोत: तेल र ग्यास क्षेत्रको शाही सम्पत्ति
० मोहम्मद बिन राशिद अल मकतूम (दुबई, यूएईका उपराष्ट्रपति र प्रधानमन्त्री)
सम्पत्तिः १८ अर्ब डलर
आम्दानी स्रोतः रियल इस्टेट, दुबई होल्डिङ मार्फत स्वामित्व
० एन्ड्रेज बाबिस (चेक गणतन्त्रका पूर्वप्रधानमन्त्री)
व्यवसाय: कृषि र खाद्य उत्पादन
वार्षिक आम्दानीः ४ सय मिलियन डलर
० सिरिल रामाफोसा (दक्षिण अफ्रिका राष्ट्रपति )
व्यवसायः खानी तथा व्यावसायिक क्षेत्रमा लगानी -उनी ट्रेड युनियन नेता समेत हुन् ।
अनुमानित नेटवर्थ: ४५० मिलियन डलर
० सिल्भियो बर्लुस्कोनी (तीनपटक इटालीको प्रधानमन्त्री भइसकेका)
व्यवसायः मिडिया टाइकुन तथा फुटबल क्लब एसी मिलान, फिनइन्वेस्ट कम्पनीका मालिक
वार्षिक आम्दानीः अर्बौँ डलर
कुल सम्पत्ति: करिब ७ अर्ब डलर थियो (२०२३ मा निधन)
० माइकल ब्लूमबर्ग (अमेरिकाको न्युयोर्कका पूर्वमेयर)
व्यवसायः ब्लूमबर्ग एलपी (वित्तीय सेवाहरू)
वार्षिक आम्दानी: करिब २ अर्ब डलर
कुल सम्पत्ति: ९६ अर्ब डलर
० जिम जस्टिस (वेस्ट भर्जिनिया गभर्नर)
व्यवसायः कोइला र कृषि
वार्षिक आम्दानीः ४५० मिलियन डलर ।
० जे. बी. प्रिट्जकर (अमेरिकाको इलिनोइसका गभर्नर)
व्यवसाय: ह्यात होटल्स (पारिवारिक व्यवसाय)
वार्षिक आम्दानी: अर्बौँ डलर
कुल सम्पत्ति: साढे ३ अर्ब डलरभन्दा बढी रहेको अनुमान ।
० डग बर्गम (अमेरिका नर्थ डकोटा गभर्नर)
व्यवसायः सफ्टवेयर (ग्रेट प्लेन्स सफ्टवेयर)
वार्षिक आम्दानी:लगभग सय मिलियन डलर माइक्रोसफ्टलाई आफ्नो कम्पनी बेचेर अर्बपति बनेका थिए ।
प्रतिक्रिया