पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पर्समा पनि पक्राउ पुर्जी जारी भएको छ ।
वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न प्रहरीलाई बधुबार पर्साका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन ।
लामिछाने प्रबन्ध निर्देशक रहेका बेला उक्त सहकारीबाट करिब ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको थियो ।
लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइ अनुसन्धान जारी छ । लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।
प्रतिक्रिया