गढीमाई मेलाको सुरक्षामा कुनै कमजोरी नगर्न गृहमन्त्रीको निर्देशन

2.35k
Shares

बारा ।

गृहमन्त्री रमेश लेखकलेबब बाराको वरियारपुरस्थित गढीमाईको पूजा अर्चनाको गरेका छन् ।

गृहमन्त्री लेखकले लाखौं श्रद्धालु भक्तजनहरुको भिडभाडमा उपस्थित भई पुजा गरेका हुन । विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रियस्तर एउटै ठूलो पहिचान दिएको भन्दैगढीमाई मन्दिरको संरक्षणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताएका छन् ।

गढीमाई मेलालाई व्यवस्थित बनाउनको लागि आफूले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताउनु भयो ।

मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले आवश्यक परेमा थ सुरक्षाकर्मी खटाइने गृहमन्त्री लेखकले बताए । गृहमन्त्री लेखकले पुजा–अर्चनापछि बारा र पर्साका जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसँगसंग भेटेर मेलामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाई सुक्ष्म निगरानी राख्न निर्देशन दिएका छन् ।

मेलामा आउने हरेक श्रद्धालुभक्तजनहरुको सुरक्षामा कुनै कमी नहोस । सुरक्षा निगरानी राख्न सिसि टिभी क्यामरा, सुरक्षा सर्वेलान्स, हरेक उपकरणको प्रयोग गरेर निगरानी गर्नुहोला,’ उनले भने ।