बाजुरा ।
बाजुरा क्याम्पस मार्तडी बाजुराका प्राध्यापक काशीप्रसदा जोशी र बीरेन्द्रवहादुर रावल यतिवेला विद्यार्थीको खोजीमा बाजुराका गाउँगाउँमा पसेका छन् । सूदुरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पसका रुपमा मान्यता पाएको बाजुरा क्याम्पसमा वर्षेनी विद्यार्थी संख्या घट्न थालेपछि क्याम्पस प्रशासन विद्यार्थीको खोजीमा जिल्लाका दुरदराजमा पग्न थालेको हो ।
क्याम्पस भर्ना गर्ने समय गत कार्तिकमा समाप्त भएपनि उक्त अवधिमा विद्यार्थी भर्ना नभएपछि प्राध्यपकहरु स्वयं क्याम्पस पढ्नुपर्छ भन्ने जनचेतना फैलाउन ग्रामीण क्षेत्रका विद्यालयमा चेतनामुलक कार्यक्रम गरिरहेका छन्। जनप्रकाश मावि कोल्टी र उता हिमाली गाउँपालिकाको धुलाचौर मावि धुलाचौरमा औपचारीक कार्यक्रम गरेर विद्यार्थी पढ्न आइदेउ सम्म भने । साबिकको ११ वटै गाविसमा प’ने लक्ष छ उनीहरुले भने ।
बाजुरा क्याम्पसमा विगतको तुलनामा ६० प्रतिसत भन्दा विद्यार्थी घटेका छन् । विद्यार्थी भर्नादर किन घट्यो भनेर गाउँगाउँ पस्दा त गाउँमा युवा युवतीनै रहेनछन् , प्राध्यापक बीरन्द्र रावलले भने । जिल्लामै खोलिएका क्याम्पसमा पढ्नुभन्दा पनि विद्यार्थीको रोजाईमा अबसरको खोजी र शहरकेन्द्रीत बसाइँसराइ बढ्दै जानुले समुदायस्तरमा खोलिएका क्याम्पसले विद्यार्थी पाउन नसकेको हो उनले भने । शहरमा उच्च शिक्षासंगै जिविकोपार्जन गर्न सकिने हुनाले विद्यार्थी र अभिभावकको रोजाइ पनि शहर केन्द्रित भएको देखिन्छ उनले भने ।
उच्च शिक्षामा स्थानीय सरकारहरुले वेवास्ता गर्नु नयाँ र समयसापेक्ष विषयहरु सम्बन्धी अध्यायन अध्यापन हुन नसक्नु पनि एक कारण बनेको छ । समग्रमा समाजमा पढेर के हुन्छ र भन्ने गलत मानसिकता हाबी हुँदै जानुले युवाको पढाई प्रति घड्दो आकर्षण छ । जसका कारण उनीहरु एसईई वा +२ पछि सके युरोप अमेरिका नसके खाडीमा श्रमिकको रुपमा जाने गर्छन् प्राध्यापक रावलले भने ।
बाजुरा क्याम्पसमा योवर्ष पहिलो सेमेष्टरमा ५० जना हाराहारीमा भर्ना भएका छन् । विगतमा ९० देखि सय जना हुन्थे । शहरमा चार वर्ष पढ्दा कम्तीमा चारलाख रुपैंया खर्च हुन्छ यहाँ चार वर्षमा चालिस पैंचालिस हजार रुपैंया खर्चनहुन्छ तरपनि यहाँ विद्यार्थी भर्ना हुनै मान्दैनन् बाजुरा क्याम्पसका प्रशासन प्रमुख मदन जोशीले भने ।
सुपमा सेमेष्टर सिष्टम छ प्रत्यक सेमेष्टरमा विदार्थी हाजिर भएकै हुनुपर्छ। सेमेष्टर सिष्टम झन्झटिलो मानेर पनि सुप विश्वविद्यालयका आंगिक क्याम्पसमा विद्यार्थी भर्ना कम भएका हुनसक्छन् उनले भने । पछिल्लो समयमा पलसटुपास हुने बित्तिकै बैदेशिक रोजगारका लागि विदेशिनुले क्याम्पसले विद्यार्थि नपाउनु प्रमुख कारण भएको उनकोे बुझाई छ ।
त्यस्तै बडीमालिका क्याम्पसमा मानवीकी , ब्यबस्थापन शिक्षा संकाय लगायत सिएसआइटीसहित बिभिन्न शंकायमा पढाई हुन्छन् । छात्रहरु त अत्यन्त न्युन छन् । छात्राहरु पढ्थे योपाली त विगतको अनुपातमा पचास प्रतिसत विद्यार्थी भर्नादर घटेको छ। बडीमालिका क्याम्पसमा पनि वद्यिार्थी ंसंख्या घट्दै जांदा क्याम्पस प्रशासन चलाउन गाह्रो भएको छ क्याम्पस प्रमुख नरवहादुर कटुवालले भने । अघिल्लो वर्ष १२० जना भर्ना भएका थिए । अहिले ८० जनामात्र भर्ना भएकाछन् कतिले रजिष्ट्रशन फारम भर्ने हुन् । यस्तै हो भने क्याम्पस सञ्चालन गर्नु मुस्किल छ । विशेषगरी बुढिगंगा र त्रिबेणी नगरपालिका , खप्तड क्षेडेदह गाउँपालिका गरी तिनवटा पालिकाका विद्यार्थी भर्ना हुने हो भने थामी नसक्नु हुनुपर्ने हो । यहाँ त विद्यार्थी खोज्नुुपर्ने अवस्था आयो । २० जना दरबन्दीमा १४ जना सुप विश्व विद्यालयले धानेको ६जना पाल्न पनि मुस्किल भएको छ क्याम्पस प्रमुख कटुवालले भने । पढाइमा राम्रा विद्यार्थी जिल्लामा बस्दै बस्दैन । शहर पस्छन्। उतै पलसटु पासगरेर ऋण काटेर विदेश हानिन्छन् ।
देशमा भविष्य नै छैन । कामगरी खाने वातावरण नै छैन पलसटु ग¥यो विदेश गयो सके पढ्यो नसके कमायो पलसटुसकेर कोरिया पगेका विद्यार्थी काँशीचन्द्र जैशीले भने । पछिल्लो समयमा गाउँमा युवा देखिँदैनन् रोजगारीको खोजी र आफ्नो भविष्य बनाउन भन्दै सबै युवा विदेश पलायन हुंदै छन् । यस्तै अवस्था रहयो भने अवका पाँच सात वर्ष भित्र युवाशून्य देश रहन्छ, मालिका मावि मार्तडीका प्राचार्य शुभराज पाध्यायले भने । आठ दश कक्षाको पढाई छोडेर किशोर किशोरीहरु कामको खोजीमा भारत पस्नथाल्छन् । यस्तै अवस्था रहे क्याम्पस त के विद्यालय चलाउन पनि मुस्किल छ , जाल्पामावि पिनालेखका का प्रधानाध्यापक वेदप्रकाश जोशीले भने ।
प्रतिक्रिया