नुसानको आयोजनामा उद्यमशीलताबारे छलफल सम्पन्न


काठमाडाैं ।

नेपाल युएस एलुम्नी नेटवर्क (नुसान) ले विश्व उद्यमी सप्ताहको अवसरमा शनिबार ववरमहलस्थित किंग्स्टन कलेजमा एक उद्यमी मेला २०२४ कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा नेपालमा उद्यमशीलताको संभावना विषयमा छलफल, खाना उत्सव तथा सांगीतिक प्रस्तुतीको आयोजना गरिएको थियो । सो छलफल कार्यक्रमका सहभागीहरुले नेपालमा व्याप्त वेरोजगारीको समस्या समाधान गर्न र युवाहरुलाई आर्थिकरुपमा सक्षम बनाउन युवा उद्यमी प्रवध्र्दको आवश्यकतामा जोड दिए ।

वक्ताहरुले सो छलफल कार्यक्रममा व्यक्तिमा रहेको संभावित सिर्जनात्मक क्षमताको विकासको निम्ति उद्यमशीलतालाई प्रोत्साहित गरिनुपर्ने आवश्यकता औंल्याए । पत्रकार शिवानी थापा सहजकर्ता रहेको सो छलफल कार्यक्रममा मिस नेपाल वल्र्ड आस्मा के।सी।, स्वस्तिश्री गुरुकुल स्कुलका प्रिन्सिपल नेहा के.सी., योंग इन्नोभेसनका अध्यक्ष विभूषण विष्ट र हेल्थ एट होमका संस्थापक विशाल ढकालले युवा उद्यमशीलताको महत्व तथा त्यसका चुनौतिहरुमाथि प्रकाश पारेका थिए ।


नुसानका अध्यक्ष प्रवीणा अमात्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अमेरिकी दूतावासका पब्लिक एफेयर्स प्रमुख माईकल हर्करले नेपाली युवाहरुमा उद्यमशीलताको विकासनिम्ति आवश्यक सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको विचार व्यक्त गरे।