काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

7.24k
Shares

काठमाडौं ।

विभिन्न समूहको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
सत्तारुढ नेकपा (एमाले) ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ ।

यस्तै सहकारी पीडितले माइतीघर मण्डलामा र दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गरेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको हो । ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा डाइभर्सन बिन्दु राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

दरबारमार्गमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन गर्ने कार्यक्रम भएकाले त्यस क्षेत्रमा प्रवेश गर्न खोज्ने गाडीलाई केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरिएको छ ।

दरबारमार्ग क्षेत्रमा गाडी प्रवेश गर्न दिइएको छैन ।