बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा सुरु भएको दोस्रो व्यापार महोत्सवको उद्घघाटन गर्नु भएको छ ।
मुख्यमन्त्री आचार्यले महोत्सवको उद्घघाटन गर्दै लुम्बिनी प्रदेशमा उद्योग तथा व्यापार व्यवसायको वातावरण सरकारले बनाउने हुँदा निर्धक्क भएर लगानी गर्न आमन्त्रण गर्नु भयो ।
पछिल्लो समय आर्थिक अवस्था सुधार हुन थालेको, उद्योग, व्यवसायको क्षेत्रमा सकारात्मक प्रभावहरु देखिन थालेकोमा खुसि व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीहरुमा आमन्त्रण गर्नु भएको हो ।
लुम्बिनी प्रदेशको विकास र समृद्धिको निम्ति प्रदेशमा उद्योग, व्यवसायको विकास हुन जरुरी रहेको बताउनु भयो । ञराज्यले वातावरण बनाउछ । लगानीकर्ताहरुले निर्धक्क भएर लगानी गर्नुस । लुम्बिनी प्रदेशमा हामी आमन्त्रण गर्दछौंझउहाँले भन्नुभयो–ञसरकारले व्यवसायीहरुको संरक्षण र सम्र्ब्धन गर्छ ।
उद्योग, पर्यटन, कृषि, पूर्वाधार विकास हाम्रा प्राथमिकता हुन । एक अर्को प्रशंगमा मुख्यमन्त्री आचार्यले आफुले थालेका काम प्रति दृढ विश्वास नहुदा समाजमा केही विचलन देखिएको उल्लेख गर्नुभयो ।
तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घघाटन गरिएको थियो । महोत्सवमा विभिन्न क्षेत्रका तीन सय स्टल रहेका छन् ।
प्रतिक्रिया