काठमाडौं ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
शुक्रबार अमेरिकी डलरको भाउ १३ पैसाले बढेको छ । शुक्रबार डलको खरिददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । बिहिबार डलको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसामा यसको खरिदबिक्र भएको थियो ।
शुक्रबार युरोपियन युरो ११ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०४ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा तोकिएको छ । बिहिबार भने युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ १५ पैसा बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा तोकिएको थियो ।
शुक्रबार बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०६ पैसाले बढेको हो । यसअघि बिहिबार पाउण्डको खरिदमूल्य १७० रुपैयाँ ५४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३० पैसा कायम थियो ।
त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर ३७ पैसाले बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०७ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३० रूपैयाँ २१ पैसा र बिक्रीदर ३० रूपैयाँ ३५ पैसा कायम गरेको छ ।
यसैगरी, शुक्रबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ६७ र बिक्रीदर ४४० रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ।
प्रतिक्रिया