घरमा पुग्नुपर्ने पानी सडकमा

केयूकेएलको चरम लापरबाही

9.49k
Shares

काठमाडौं ।


काठमाडौं उपत्यकाका विभिन्न सडकखण्डमा मेलम्चीबाट ल्याइएको पानीको पाइप फुटेर घरमा जानुपर्ने पानी सडकमा पुगेको छ । सडकमा पानी पुग्दा स्थानीय बासिन्दा, व्यापारी, सवारी चालक र पैदलयात्रुले सास्ती व्यहोर्नुपरेको छ ।


मेलम्चीको पानी ठाउँअनुसार नयाँ र पुरानो दुवै लाइनबाट वितरण गरेपछि प्रणालीले थेग्न नसकेर समस्या देखिएको खानेपानी मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठले लिकेज टाल्नका लागि निर्देशन दिएको र १३ ओटा आयोजनामध्ये १६ ओटाको काम सम्पन्न भइसकेको बताउनुभयो ।

बीआरआई अनुदान भए लिन सकिने, तर ऋण स्वीकार्न नसक्ने नेपाली कांग्रेसले जनाएको छ । एमालेले भने अघि बढिसकेको परियोजनालाई ऋणकै रूपमा पनि स्वीकार गर्न सकिने बताउँदै आएको छ ।


पानी वितरण गर्नेदेखि वितरणको लाइन र ढल प्रणालीको मर्मत, सुधार र व्यवस्थापन गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा अधिकारसहितका व्यवस्थापक भए पनि समयमा काम गर्न नसक्दा घरमा हुनुपर्ने पानी सडकमा बग्ने गरेको छ ।


केयूकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले पुरानो लाइनमा तीव्र गतिले मेलम्चीको पानी आएका कारण सडकमा पुगेको बताउनुभयो । उहाँले ५ दिनअगाडि १५ दिने पुरानो लाइन हटाई नयाँ जोड्न सूचना जारी गरिसकिएको र अबको १० दिनमा सडकमा पोखिने पानी कम हुँदै जाने बताउनुभयो ।

कतिपय ठाउँमा परियोजना विकास निर्देशनालयले पाइपलाइनहरू हस्तान्तरण नगरेकाले पनि मर्मतको विषयमा अन्योल भएको केयूकेएलले जनाएको छ । केयूकेएलका अनुसार अहिले कतिपय सडकमा पानीका भुल्काहरू देखिएको छ भने कतै रसाइरहेको छ ।

कतै सडकभरि पानी नै पानी छ भने वर्षामा जस्तै पानी उछिट्याउँदै सवारी साधन हुँइकिइरहेका छन् । केयूकेएलका कर्मचारी पुगेर प्रभावित क्षेत्रको पानी बन्द गर्नसमेत ढिलाई भइरहेको छ । जमेको पानीका कारण सडक हिलाम्मे भएको छ । मूलझैं फुटेर निस्केको पानी कतै नालैनाला भएर ढलमा पुगेको छ । जसले गर्दा मुख्य रूपमा बटुवाहरू पीडित बनेका छन् । मोटरसाइकल चिप्लिएर लड्ने अवस्था भएको छ ।

मेलम्चीको पानी आएपछि काठमाडौंका विभिन्न भागमा पाइप फुटेर चुहिँदा पानी चुहावट भएको छ भन्ने यकिन विवरण केयूकेएलसँग नरहेको पाइएको छ । सडकको कालोपत्र उप्किएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले सडक विभागमा सबै निकाय भएको समिति रहेको र त्यसले समन्वय गरिरहेको बताउनुभयो ।

उहाँले जमानाअनुसार डिजिटल रूपमा लोकेसन ट्रयाक गरी चुहावट भएको ठाउँ पत्ता लगाउनुपर्नेमा पुरानै तरिकाले काम गर्दा सम्बन्धित निकायलाई पनि कुन ठाउँमा के भएको छ भन्ने थाहा नहुँदा समस्या भएको बताउनुभयो । केयूकेएले मुख्य गरी पुराना भित्री सहरहरूमा पाइपलाइनबाट पानी चुहिने समस्या, कतिपय क्षेत्रका ढल प्रणालीमा पनि समस्या देखिएको जनाएको छ । पहिल्यैदेखि ढल फुट्ने समस्या भएका क्षेत्रका पाइपलाइनहरूमा पनि समस्या देखिएका छन् ।

ढलबाट निस्कने ग्यासले खानेपानीको पाइपलाई कमजोर बनाएका कारण चुहावटको समस्या देखिने गरेको छ । यसै गरी कतिपय क्षेत्रमा लामो समयदेखि पानी नआएकाले हाउस कनेक्सनमा समस्या देखिएको छ । अहिले त्यस्ता क्षेत्रमा समस्या पहिचान गरेर समाधान गर्नुपर्ने केयूकेएलले जनाएको छ ।

त्यसै गरी मेलम्चीबाहेक अन्य विकासे निकायले पनि सडकमा विभिन्न काम गर्दा पाइपलाइन र ढल प्रणालीमा क्षति पु¥याएकाले लिकेजको समस्या बढी देखिएको छ । सडकमै समस्या देखिएको ठाउँमा केयूकेएलले सडक विभागको अनुमति लिएरमात्रै खन्न सक्ने प्रावधान भए पनि त्यसो हुन सकेको छैन ।

सडक विभागमा समन्वय संयन्त्र भए पनि लामो समयदेखि बैठक बस्न नसकेको स्रोतले बताएको छ । केयूकेएलअन्तर्गतको परियोजना विकास निर्देशनालयले काठमाडौंमा करिब १२ हजार किलोमिटरको नयाँ वितरण लाइन बिछ्याएको छ ।