भ्याली पब्लिक र ग्रीनल्याण्डलाई उपाधि

658
Shares

काठमाडौं ।


छैटो संस्करणको टिआईए अन्तर स्कुल बास्केटबलमा गल्सतर्फ भ्याली पब्लिक र ब्वाइजतर्फ ग्रीनल्याण्डले उपाधि जितेका छन् ।

बुढानीलकण्ठस्थित टिआइएको कोर्टमा भएको फाइनल खेलमा गल्सतर्फ भ्याली पब्लिकले एनसीसीएसलाई २९–२३ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा भ्याली पब्लिकले पहिलो र तेस्रो क्वाटरमा लिएको अग्रता नै उपाधि दिलाउन पर्याप्त भयो ।


भ्याली पब्लिकले पहिलो क्वाटरमा ५ स्कोर गर्दा एनसीसीएसले २ स्कोर गरेको थियो । दोस्रो क्वाटरमा एनसीसीएसले १४ स्कोर गदा भ्याली पब्लिकलाई ९ स्कोरमा रोको थियो । तर, तेस्रो क्वाटरमा भ्यालिपब्लिकले उत्कृष्ट कमब्याक गर्दै १६ स्कोर गर्दा एनसीसीएसलाई २ मा रोक्न सफल भयो । चौथो क्वाटरमा ९ स्कोर गरेको भ्याली पब्लिकले जम्मा ४ स्कोर गर्दा अन्ततः भ्याली पब्लिक ३९–२३ को स्कोरमा विजयी हुँदै उपाधि जित्यो ।

भ्याली पब्लिकका लागि लोरिसा गौचनले सर्वाधिक १३ स्कोर गरिन् ।
यसैगरी ब्वाइजतर्फको उपाधि भिडन्तमा ग्रीनल्याण्डले एचएचसीएलाई कम अन्तरमा पाखा लगाएको थियो । ग्रीनल्याण्डले एचएचसीएलाई ५७–५० को स्कोरमा जित निकाल्दै उपाधि जितेको हो । ग्रीनल्याण्डले पहिलो र दोस्रो क्वाटरमा लिएको अग्रता नै उपाधि जित्न पर्याप्त भयो । तेस्रो र चौथो क्वाटरमा भने ग्रीनल्याण्ड पछि परेको थियो ।


पहिलो क्वाटरमा १८ स्कोर गर्दा एचएचसीएले ११ स्कोर गरेको थियो । यसैगरी दोस्रो क्वाटरमा ग्रीनल्याण्डले २० स्कोर गर्दा एचएचसीएको बोर्डमा १२ मात्रै स्कोर भएको थियो । तेस्रो क्वाटरमा एचएचसीएले ११ स्कोर गर्दा ग्रीनल्याण्ड ८ मा रोकियो ।
अन्तिम क्वाटरमा एचएचसीएले १६ स्कोर गर्दा ग्रीनल्याण्ड ९ मा रोकिए पनि अन्ततः ग्रीनल्याण्डले ५७–५० को स्कोरमा जित्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । ग्रीनल्याण्डका लागि सुरेश बिसीले सर्वाधिक २० स्कोर गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा गल्सतर्फ लोरिशा गौचन र ब्वाइजतर्फ सोनाम आले तामाङ घोषित भए ।