मोडल डा. आयुष्नोभा इजिप्टको स्पर्धामा भिड्दै


इजिप्टमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इन्टरकन्टिनेन्टलमा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुंगानाले गर्ने भएकी छन्।


शर्म अल शेखमा नोभेम्बर २१ देखि आयोजना हुने प्रतियोगिताका लागि उनी केही दिनपछि इजिप्ट उड्नेछिन्। ५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगिताको उनी नेपालको एक्लो प्रतिनिधि हुन्। प्रतियोगिताका लागि उनले राष्ट्रिय फूल लालिगुराँसको गाउनमा शान्तिको प्रतीक परेवाको प्mयुजन राखेर तयार पारिएको पहिरन लगाउनेछिन्।


मिस इन्टरकन्टिनेन्टलमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महसुस भएको ढुंगानले बताइन्। ताज नेपाल ल्याउने उदेश्यसहित आफू प्रतियोगितामा सहभागी हुन लागेको उनको भनाइ छ। ‘प्रतियोगिताका लागि तयारी राम्रो गरेको छु,’ ढुंगानाको भनाइ छ,‘ नेपालको नाम उचो गरेर फर्किन्छु।’


प्रतियोगिताका लागि उनले एक भिडियो पनि बनाएकी छन्। जसमा नेपालको ऐतिहासिक धरोहर मठ मन्दिर, प्रकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषि र नेपाली पहिरनलगायत कलासंस्कृति समेत झल्काएकी छन्। मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४ को उपाधि विजेता रहेकी डा. ढुंगाना मोडल पनि हुन्। कलाकारिता र डक्टर पेशा एकसाथ अगाडि बढाइरहेकी ढुंगानाले बंगलादेशबाट एमबीबीएस गरेकी छन्।

संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकीयाट्रिक म्यानेजमेन्ट, साइको एजुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले एक सय प्रतिशत क्रेडिट पाएकी थिइन्। उनी हाल हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन्।