काठमाडौं ।
नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १०० रुपियाँ कायम भएको छ ।
यसअघि, सोमबार पनि छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपियाँले बढेर १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । यता, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपियाँले बढेर तोलाको १९ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय २० रुपैयाँ कायम रहेको थियो ।
प्रतिक्रिया