काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी पदाधिकारी बैठक बोलाएको थियो ।अब पदाधिकारीको बैठक मंसिर ४ गते बस्ने भएको छ ।
बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायतमा छलफल गर्ने एजेण्डा रहेका थिए ।
प्रतिक्रिया