काठमाडौं । आज साेमबार सरकारले सार्वजनिक बिदा दिएकाे छ ।
सरकारले पूर्व सभामुख स्व. दमननाथ ढुङ्गानाकाे शोकमा सोमबार सार्वजनिक बिदा दिएकाे हाे । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
साथै आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । आइतबार निधन भएका ढुंगानाको आज अपराहन्न १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ ।
प्रतिक्रिया