काठमाडौं ।
नेपाल परिवार दलले यहि मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एमालेका सक्षम उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ ।
दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् ।
ढकालले सुर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी गराउन नेपाल परिवार दलले आफ्ना सदस्य, सुभेच्छुक तथा आम मतदातामा हार्दिक आवहान समेत गरेका छन् ।
प्रतिक्रिया