कीर्तिपुर-१ को अध्यक्षका लागि महर्जनको स्वतन्त्र उम्मेदवारी


काठमाडौं ।

काठमाडौंको कीर्तिपुर १ को अध्यक्षका लागि विनोद महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । महर्जन मनोनयन दर्ता गराउने पहिलो उम्मेदवार हुन् ।

स्थानीय तहका रिक्त ४४ पदमा मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदैछ । निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।