काठमाडाैं ।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
शुक्रबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँ नै घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया