काठमाडौं ।
लिच्छवीकालिन इतिहास बोकेको काठमाडौंको कोटेश्वरअवस्थित कुटी बहाल हालको कुटि बिहारमा भिक्षु रेवताे स्थविरले यस वर्षको वर्षाबास पूरा गरेको उपलक्ष्यमा कुटि बिहारमा महान कथिन चीवर दान कार्यक्रमको आयोजना गरिएको छ ।
कुटि विहारमा बौद्ध धर्मका उपासक र उपासिकाहरु मिलेर सामुहिक रुपमा बौद्ध परम्पराअनुसार भिक्षु महासंघलाई कथिन चीवर दान र अष्ट परिष्कार दान गरेका हुन् । असारको पूर्णिमादेखि असोजको पूर्णिमासम्म तीन महिना चल्ने वर्षाबासमा बसेका भिक्षुहरुका लागि कथिन दान गरिन्छ ।
भिक्षुले लगाउने पहेंलो वस्त्र र भिक्षापात्रलाई चीवर भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खोरने सामान, भित्री र बाहिरी कपडा, सियाधागोलगायत आठ सामग्री हुन्छन् ।
प्रतिक्रिया