प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप सम्पन्न

658
Shares

काठमाडौं ।

‘दुई’ दिने प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाव्यापि अन्तरपालिका एकायन कराते प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र काठमाडौंमा सम्पन्न भएकाे छ ।

प्रतियोगितामा महिलातर्फ ६ तथा पुरुष तर्फ आठ गरी कुल १४ वटा तौल समूहहरुमा खेलहरु संचालन भएका थिए । जसमा ३५ के।जी। मुनि तौल समूह रेखा रोकाया, साक्षी ढकाल, सुप्रिया के.सी र आर्या महर्जन क्रमशः प्रथम, दोस्रो र तेस्रो भए। त्यस्तै, ४० के।जी। मुनि तौल समूह सिवानी आले मगर, आराध्या घिमिरे, प्राष्ना अधिकारी र ऋतु उप्रेती, ४५ के.जी. मुनि तौल समूह कृपा खड्का, आयुषा तामाङ्ग, अन्जना तामाङ्ग र आकृती थापा, ५० के.जी.मुनि तौल समूह रेश्मीला राई, सभ्यता नेपाली, रानी तामाङ्ग र आयुष्मा थापा मगर, ५५ के.जी. मुनि तौल समूह निशा तामाङ्ग,आस्था तामाङ्ग, अन्जिला मगर र आयुषा गुरुङ्ग, महिला खुल्ला तौल समूहमा अन्जना बुढाथोकी, एलिना थापा, रसिला श्रेष्ठ र मेलिना मगर क्रमशः प्रथम, दोस्रो र तेस्रो भए ।

त्यसैगरी पुरुषतर्फ २५ के।जी। मुनि तौल समूहमा अरुण लामा, लविन कार्की, आयुष तामाङ्ग र कविर तामाङ्ग, ३० के।जी। मुनि तौल समूहमा विवेश जैशी, नरेश रावत, गौरव सुनुवार र रोजिव कत्री, ३५ के.जी. मुनि तौल समूह गणेश विष्ट, सायन भुजेल, महेन्द्र कार्की र युनिश श्रेष्ठ, ४० के.जी. मुनि तौल समूहमा प्रविन श्रेष्ठ, साजन नेपाली, निश्चल तामाङ्ग र करण घिसिङ्ग, ४५ के।जी। मुनि तौल समूह सुवास शाही, समिर बराम, जोन राई र विवेक तामाङ्ग, ५० के।जी। मुनि तौल समूहमा पवन तामाङ्ग, अनमोल श्रेष्ठ, किशोर न्यौपाने र वसन्त कुमाल, ५५ के.जी. मुनि तौल समूहमा विराज मगर, सुवास नेपाली,रवि श्रेष्ठ र प्रविन आले मगर र पुरुष खुल्ला तौल समूहमा दिनेश बम, अभिषेक तामाङ्ग, मनिष राई र विनय तामाङ्ग क्रमशः प्रथम, दोस्रो र तेस्रो भए ।

काठमाडौं उपत्यकाभित्रका १२ वटा नगरपालिकाहरुका करिब १ सय ९४ जना एकायन कराते खेलाडीहरु सहभागी प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरिएको थियो । प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद पुरस्कार जनही रु २० हजार, द्वीतियले नगद १२ हजार तेस्रो हुनेले जनही रु ७ हजारसहित पदक, प्रमाण पत्र तथा ट्रफी तथा चौथो हुनेले पदक तथा प्रमाण पत्र प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि काठमाडौं महानगरपालिका उपमेयर डंगोल लगायत विशेष अतिथि रघुवर भक्त मानन्धर, रोजिना प्रधान राई, नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकारहरु निरोज कर्माचार्य, शंकर महर्जन, रमेश मान मुनिकार, धर्मदेव महर्जन, वीरकृष्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । उक्त कार्यक्रममा अतिथिहरु राजन महर्जन, प्रेमनाथ श्रेष्ठ, राजकुमार श्रेष्ठ, प्रेम लामा, प्रविण काजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी समापन समारोहका अवसरमा नेपाल एकायन करातेका तर्फबाट काजकिस्तानमा २०२४ जुलाई १५ देखि १९ सम्म सञ्चालित अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिप प्रतियोगिताको इन्क्लाईण्ड बेन्च प्रेस स्पर्धामा प्रथम स्थान हासिल गरी स्वणर् पदक प्राप्त गर्न सफल हुनु भएकोमा केदारेश्वर मान स्थापित ज्यूलाई दोसल्ला तथा प्रमाणपत्रबाट सम्मानित गरिएको थियो । यसअघि उक्त प्रतियोगिता उदघाटन इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर तथा एभिन्यूज टेलिभिजका महाप्रबन्ध भाष्करराज राजकणर्ीकारले संयुक्त रुपमा गरेका थिए ।