काठमाडौं ।
स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ। कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको बसको ठक्करबाट मृत्यु भएको हो।
सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड इङगलिस बोर्डिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। विद्यार्थी उतारेर बस अघि बढ्दा डायमण्ड स्कुलमै अध्ययरत अनमोलको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित भई दोषीमाथि कारबाहीको माग गर्दै विद्यालयमा भेला भएपनि अहिले सो क्षेत्र तनावग्रस्त छ।
प्रतिक्रिया