काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन तोलामा २४ सयले घटेर तोलाको एक लाख ६२ हजार ६ सयमा कारोबार भइरहेको छ।
यसअघि सोमबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।











प्रतिक्रिया