कालिकोट जीप दुर्घटना अपडेट : मृतक र घाइतेकाे पहिचान खुल्याे (नामावली)

64.11k
Shares

कालिकोट ।

यहा जिल्लाको पलाता गाउँपालिका –३ राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा ६ जनाको दर्घटना स्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

सोहि गाउँपालिकाको खिनदेखी थिर्पु जाँदै गरेका क १ ज ५६ नम्बर को बोलेरो जिप दुर्घटनामा परी पिलाँता गाउँपालिका– ६ का ५१ वर्षीया पदम बहादुर बम,३० वर्षीया छाया शाही, ५९ वर्षीया कुसुमकला शाही,२५ वर्षीया भगवती रोकाया,६० वर्षीय गणेश शाही र ६ वर्षिय बालक दमन रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी टेकबहादुर रावतले जनकारी गराएका छन् ।

आइतबार दिउँसो २ वजेर ३१ मिनेटमा राडुकाप्रे खोलमा २ सय मिटर तल खेर जिप दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा पलाता गाउँपालिका ६ की निर्मला रोकाया,जगत रोकाया,सोही पालिका ५ की दोली विक,आयाुशा विक र ठेगाना नखुलेका चालक धनिराम रावत गरी पाँच जना गम्भिर घाइते भएको छन् ।

चार जनाको मात्र क्षमता भएको बोलेरो जिपमा २० जना यात्रु बोकेको जिप अनियान्त्रीत भइदुर्घटना हुँदा सोही पालिका वडान नं ६ कै बिजय थापा, किशोर थापा,रिदम शाही, प्रतिक्षा शाही, आषिश रोकाया,भुपेन्द्र रोकाया,दानबहादुर रोकाया र दानवहादुर रोकाया गरि ८ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएकाहरुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भइरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी नाराणय प्रसाद भट्टराइले बताउनुभएको छ ।

दुर्घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालयको टोलि उद्धारका लागि पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रावतको टोलि पनि दुर्घटना स्थलमा पुगेको जिलला प्रहरी कार्यालयले जनाएको छ ।