इजरायल – हमास युद्धविराममा मध्यस्थकर्ता नरहने कतारको घोषणा 


काठमाडौँ। 

 कतार  इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ वार्तामा मध्यस्थकर्ताको रूपमा नरहने भएको छ । युद्धविरामको  पहल गर्दै आएको कतारले अब हमास र इजरायलले वार्ता गर्न  इच्छा नगरेसम्म मध्यस्थकर्ताको रूपमा नरहने बताएको बीबीसीले जनाएको छ। 

कतारमा  हमासका प्रतिनिधिहरूको उपस्थिति अमेरिकाले नस्वीकार्ने बताएपछि कतारको निर्णय सार्वजनिक भएको हो। हमासले युद्धअन्त्यको प्रस्ताव नमानेको भन्दै अब कतारमा हमासको उपस्थिति अस्वीकार्य भएको बताएको थियो। 

 
कतारको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा १० दिन अघि सबै पक्षलाई सूचना दिएर वार्ता निष्कर्षबिहीन भएमा मध्यस्थताबाट पछि हट्ने जानकारी दिएको र तेही अनुसार अलग भएको उल्लेख छ। 

सन् २०१२ देखि कतारको राजधानीमा दोहामा हमासको  राजनीतिक सञ्चालित छ। 

गत अक्टोबरमा हमासले इजरायली भूमिमा  आक्रमण गरेपछि  प्रभावितलाई जोखिम क्षेत्रबाट  हटाउन,राहत पुर्युन र युद्धबन्दी रिहाइसँगै युद्धरोक्न कतारले   मध्यस्थताको काम गर्दै आएको छ।