पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु


एजेन्सी।

पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ। विस्फोटमा परी दर्जनौँ घाइते भएका छन्।

विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको महानिरीक्षक मोअज्जम जाह अन्सारीले बताएका छन्। उनका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्ने छ।

अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समय अनुसार बिहान ८ः४५ बजे रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।

पछिल्लो समयमा आतङ्वादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्पोटका घटनाहरु बढाउदै आएको जनाइएको छ ।

गत अगस्टमा भएकf दर्जनौँ आक्रमणको जिम्मेवारी बीएलएले लिएको थियो जसमा कम्तीमा ३९ जनाको ज्यान लिएको थियो ।