बुटवल।
जजिरा एयरवेजले भैरहवाबाट पुन उडान सुरू गरेको छ। कुवेतबाट आएको जजिराको जहाज बिहान ७ः४५ मा अवतरण गरेको हो। शनिवार भैरहवाबाट एकैदिन ३ वटा विमान कम्पनीले अन्तराष्ट्रिय उडान गर्दैछन्। बिहान जजिरा, दिउसो फलाइ दुबई र बेलुका नेपाल एयरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्दैछन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घघाटनसँगै जजिराले विगतमा केही महिना उडान गरेको थियो। डेढ वर्ष यता रोकिएको उडान जजिराले फेरि सुरु गर्न लागेको हो। त्यस्तै फ्लाई दुबइको जहाज दिउँसो १२ बजे भैरहवा आउने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । यहाँबाट थप यात्रु लिएर काठमाडौँ गई त्यहाँबाट दुबई जाने तालिका छ। अब फ्लाई दुबईको जहाज दिनहुँ आउने छ।
शनिवार नै नेपाल एयरलाइन्सको जहाजले काठमाडौँ भैरहवा दुवइ उडान गर्ने छ। शुक्रबारदेखी उडान गर्ने तय भएपनि प्राविधिक कारण देखाएर शनिवार सारीएको हो। यस अघि भैरहवाबाट फ्लाई दुबइले अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेको छ। फ्लाई दुबईको आइतबार र शुक्रवार गरी दुई उडान भइसकेको छ । शुक्रबारको उडानमा ७ जना थाइल्यान्डबाट भैरहवा आएका थिए। यहाँबाट ३२ यात्रु लिएर जहाज गएको थियो।
प्रतिक्रिया