भद्रकुमार नामको मेरो एकजना साथी । नामजस्तै भद्र व्यक्तित्व भएको भद्र पुरुष। जीवनको उकालो–ओरालोमा हामी आपसमा सुख–दुःख बाँड्ने गथ्र्यौं । अनित्य संसार उनी आज यो संसारमा रहेनन्। तर उनको सत्कर्म भने मनमा झुल्किरहने। यही कारण उनको यादको यो कथा। उनी भन्थे कि उनकी आमाले उनलाई भन्थिन् रे, ‘बाबु ! तिमीले जहिले पनि अरुको उपकार गर्नू। अरुका लागि केही दान कर्म गर्नुपर्छ, जसले गर्दा मन आनन्दित हुन्छ । जीवनमा हरपाइलामा सफलता मिल्छ। घुम्ने, घुमाउने शक्ति त्यो ईश्वरले हामीलाई हेरिरहेको हुन्छ । सतकर्मको फल जीवन सुखमय हुन्छ ।’
उनी भन्थे, ‘मेरी आमाले मलाई यो शिक्षा दिनुभएको छ । यो कुरा पालन गर्न म सधैँ उत्प्रेरित भएको छु ।’ यी कुरा भद्रकुमारले मलाई सुनाएका थिए । उनको बारेमा अब एउटा कुरा सुनौं । उनले उनका एकजना साथी किरणलाई उनको आग्रहमा केही रुपियाँ सापट दिएका रहेछन् । चिनापर्ची पुरानो थिएन । उनको घर चाबहिल भन्ने कुरा उनले लेखिदिएको तमसुसुक कागजबाट मात्र थाहा भएको । तर केही महिनाको लागि भनी ऋण लिएको एक वर्ष नाघ्दा पनि बेपत्ता । फर्केर भेट्नसम्म नआएको कारण चाबहिलमा घर पत्ता लगाई घरमा पुग्दा त उनी त कोठामा नाजुक अवस्थामा बिरामी भई ओछ्यानमै खानपिन गरेर जीवन बिताइरहेका रहेछन् ।
भद्रकुमारलाई देख्नबित्तिकै किरणले आँखाबाट अश्रुधारा झारी समयमा ऋण तिर्न नसकेकोमा क्षमा याचना गर्न थाले । किरणकी श्रीमतीले पनि माफी मागिन् । उनले आफूले लगाइराखेको सानो टप फुकाल्दै भद्रकुमारलाई दिन थालिन् र भन्न थालिन्, ‘हाम्रो यस्तो बिजोग भइरहेको छ । मेरो जागिरको तलब आउँछ । तलबबाट यहाँको ऋण एकैचोटि तिर्न नसके पनि बिस्तारै तिरेर चुक्ता गरिदिन्छु ।’
उनले त्यो सुनको टप फर्काउँदै उल्टो आफ्नो खल्तीमा भएको दुई–चार हजार पनि किरणको हातमा थमाए। शीघ्र स्वास्थ्य लाभको कामना गरी ऋण तिर्न पर्दैन साथी, मेरो यो सहयोग भो भन्दै उनी फर्के।
उनको कुरा सुनेर भद्रकुमारको मनमा दया जाग्न थाल्यो। ‘अरुको लागि केही दान कर्म गर्नुपर्छ’ भन्ने आमाले दिएको शिक्षाको सम्झना आएछ क्यारे ! उनले त्यो सुनको टप फर्काउँदै उल्टो आफ्नो खल्तीमा भएको दुई–चार हजार पनि किरणको हातमा थमाए । शीघ्र स्वास्थ्य लाभको कामना गरी ऋण तिर्न पर्दैन साथी, मेरो यो सहयोग भो भन्दै उनी फर्के।
घरमा फर्कंदा बाटोमा भद्रकुमारको बाल्यकालको एकजना उमेश नाम गरेको साथीसँग भेट भएछ । उमेश त अमेरिकामा दशौँ वर्ष बसी पैसा प्रशस्त कमाएर भर्खरै मात्र नेपाल फर्केका रहेछन् । उमेशले भन्दै थिए, ‘तिमीलाई त बिर्सिसकेको ए साथी भद्रकुमार ! भगवानले हामीलाई भेट हुन जुराइदिए ।’ यसरी उनीहरूको बीचमा लामो समयसम्म भलाकुसारी चलिरह्यो र उनीहरु एक निर्णय गरी छुट्टिए ।
दुईजना मिलेर काठामाडौंमा पाँचतारे होटलको खोले । केही वर्षभित्रै भद्रकुमार पनि अर्बपति बन्न सफल भए । यति बेला भने भद्रकुमार अब हाम्राबीच रहेनन् । साथी उमेशसँग भेट भएको दिन भद्रकुमार किरणले पैसा खान आँटे भन्ने पीरले सो पैसा उठाउन उनको घर जान चाबहिलको बाटो हिड्नुपरेको थियो । र, फर्किंदा भद्रकुमारको चाबहिलमा उमेशसितको भेटको संयोग बन्यो । त्यो संयोग नै अचम्म ! के यो दैवको लीलाजस्तो लाग्दैन ?
(सत्य घटनामा आधारित)
प्रतिक्रिया