विश्वका चर्चित १० गुप्तचर निकाय


विश्वका सबै देशले आन्तरिक तथा बाह्य सुरक्षाका लागि गुप्तचर निकाय खडा गरेको पाइन्छ। यद्यपि कतिपय देशले आफ्नो आन्तरिक सुरक्षाका लागि मात्रै पनि गुप्तचर निकाय खडा गरेको तथ्य तथ्यांक पनि फेला परेको छ।

यसरी स्थापना भएका गुप्तचर निकायमध्ये विश्वका प्रमुख १० गुप्तचर निकाय यस प्रकार छन् :

सीआईए : अहिलेसम्म विश्वमा गुप्तचरी गर्नेमध्ये पहिलो नम्बरमा अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) रहेको छ। सन् १९४७ मा स्थापना भएको सीआईएको मुख्यालय वासिङटनस्थित भर्जिनियामा रहेको छ। अमेरिकी दूतावास रहेको विश्वका सबै देशमा सीआईएको उपस्थित हुने गरेको छ।
चार निकायमा विभाजित रहेको सीआईएले साइबर अपराध, आतंकवाद, अमेरिकाविरुद्ध हुने गतिविधिबारे चासो राख्ने र कुनै देश आफ्नो इसारामा चलेन भने त्यो देशको आन्तरिक मामिलामा हस्तक्षेपसमेत गर्ने गरेको छ।

एमआई–६ : विश्वकै सबैभन्दा पुरानो खुफिया एजेन्सीमध्यकोे एक मिलिटरी इन्टेलिजेन्स सेक्सन–६ अर्थात् एमआई–६ बेलायतको खुफिया एजेन्सी हो। यसको स्थापना सन् १९०९ मा भएको थियो।

एमआइ–६ ले बेलायत सरकारको रक्षा मन्त्रालयको सहकार्यमा देशको हितका लागि कार्य गर्दै आएको छ। यसका साथै गोप्य जानकारी, साइबरक्राइम र देशको सुरक्षामा यो सक्रिय छ। यसले बेलायती सरकारलाई विदेशी खुफिया गतिविधिबारे जानकारी गराउने गर्दछ। यो एजेन्सीले आन्तरिक सुरक्षा सेवा, सरकारी सञ्चार मुख्यालय, रक्षा र विदेशी जासुसी र आन्तरिक काउन्टर–जासुसी गतिविधिबारे जानकारी लिने गरेको पाइन्छ।

एफएसबी : फेडरल सेक्युरिटी सर्भिस रुसको चर्चित गुप्तचर निकाय हो। यसको स्थापना सोभियत संघले सन् १९९५ मा गरेको हो। त्यतिबेला यो निकाय राज्य सुरक्षा समिति (केजीवी)को नामले परिचित थियो। सन् १९९१ मा सोभियत संघ फुटेपछि सत्तामा आएका भ्लादिमिर पुटिनले यसको संरचनामा परिर्वतन गरेका थिए। जुन एफएसबीको नामले परिचित छ। यसको मुख्यालय रुसको राजधानी मस्कोमा रहेको छ। यसले देशको सुरक्षासँग सम्बन्धित सबै काम एकैसाथ गर्नुका साथै सीमा नाकामा हुने अपराधको कडारूपमा निगरानी गर्ने गरेको छ। यसले नौ क्षेत्रलाई विभाजन गरेर आफ्नो खुफिया एजेन्सीलाई सक्रिय बनाएको पाइन्छ। यसको मुख्य जिम्मेवारी काउन्टर–इन्टेलिजेन्स, आन्तरिक र सीमा सुरक्षा, प्रतिआतंकवादलगायत छन्।

रअ : भारतको चर्चित गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ्ग अर्थात् ‘रअ’ को स्थापना सन् १९६८ मा भएको थियो। नयाँ दिल्लीमा मुख्यालय रहेको यसले विदेश मामला, विभिन्न प्रकारको अपराध तथा आतंकवादबारे जानकारी÷सूचना संकलन गर्नुका साथै आइबीसँग मिलेर देशको सुरक्षा अवस्थाबारे सक्रिय रहँदै आएको छ।

मोसाद : संसारकै सबैभन्दा शक्तिशाली गुप्तचर निकायको रूपमा इजरायली जासुसी संस्था मोसादलाई लिने गरिएको छ। यसको स्थापना सन् १९४९ मा भएको थियो। इजरायलको सम्पूर्ण रक्षाको जिम्मेवारी यसैको काँधमा छ। यसले आतंकवादी गतिविधि विशेषगरी प्यालेस्टिनी लडाकु समूह ‘हमास’को गतिविधिमाथि कडा निगरानी गर्ने गरेको छ।

आईएसआई : पाकिस्तानी गुप्तचर निकाय (आईएसआई) सन् १९४८ मा स्थापना भएको थियो। यसलाई विश्वकै सबैभन्दा शक्तिशाली र उच्चत्तम निकाय भएको दाबी गर्ने गरिएको छ। यसको हेडक्वार्टर पाकिस्तानको इस्लामाबादमा छ। तर, यस संस्थालाई समय समयमा आतंकवादलाई प्रश्रय दिँदै आएको आरोप लाग्दै आएको छ।

बीएनडी :जर्मनीको गुप्तचर निकायको नाम हो बीएनडी। यसको स्थापना सन् १९५६ मा भएको हो। यसको मुख्यालय जर्मनीको म्यूनिखनजिकै रहेको छ। उक्त गुप्तचरको कार्यालय अत्याधुनिक प्रविधियुक्त बनाइएको छ।

डीजीएई : डिरेक्सन जेनेरल डिला सेक्यूरिटी इक्ट्रेजर फ्रान्सको चर्चित गुप्तचर निकाय हो। यसको स्थापना सन् १९८२ मा भएको हो। यसको मुख्यालय पेरिसमा छ। यसले सरकारका लागि विदेशबाट गोप्य सूचना संकलन गर्ने काम गर्दछ।

एमएसएस : मिनिस्ट्री अफ स्टेट सेफ्टी चीनको मुख्य गुप्तचर निकाय हो। यसको स्थापना सन् १९८३ मा भएको थियो। विदेशी गुप्तचर अप्रेसन तथा प्रतिआक्रमक अपरेसनलाई चलाउने नै यही हो। यसले राष्ट्रिय सुरक्षामा आँच आउनसक्ने संकेतलाई पहिल्याएर सरकारलाई यसबारेमा जानकारी दिने गर्दछ।

एसीस : अस्ट्रेलियन सेक्रेट इन्टेलिजेन्स सर्भिसको स्थापना सन् १९५२ मा भएको हो। यसको मुख्यालय अस्ट्रेलियाको क्यानबरामा अवस्थित छ। यसले विदेश मामला र देशको गोपनीयतालाई आक्रमण गर्न खोज्नेहरूको सूचना संकलन गर्दछ।