ह्वाइट हाउसमा जो बसे पनि हामीलाई खास फरक पर्दैनः इरान


एजेन्सी ।

अमेरिकाको राष्ट्रपतिमा पुनः डोनाल्ड ट्रम्प निर्वाचित भएपछि इरानले पनि प्रतिक्रिया दिएको छ। बुधबार सरकारी टीभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले ट्रम्पको विजयले इरानलाई कुनै फरक नपर्ने टिप्पणी गरेका हुन्।

इरान र इजरायलबीच अहिले तनाव छ। इरानी सरकारका प्रवक्ताले भने, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हामीलाई केही फरक पर्दैन। अमेरिका र इरानमा सरकार परिवर्तनले खासै परिवर्तन हुनेवाला छैन। ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन।’

सन् २०१६ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए। इरान र अमेरिकाबीच परमाणु सम्झौता बाराक ओबामाको कार्यकालमा भएको थियो।