काठमाडौं ।
निर्माणाधीन फिल्म एक मुठ्ठी बादलः माई सेयर अफ स्काई नेदरल्यान्डको ह्युबर्ट बाल्स फन्ड पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ। यसअन्तर्गत फिल्मले ६० हजार युरो (नेपाली मुद्रा ८७ लाख रुपियाँ) आर्थिक सहयोग प्राप्त गर्ने भएको छ।
यसस“गै फिल्मकी निर्देशक साहारा शर्मा ह्युबर्ट बाल्स फन्डको पोस्ट–प्रोडक्सन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक भएकी छन्। गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी) र क्रोमोजोम फिल्म (जर्मनी) को सहनिर्माणमा निर्माणाधीन फिल्म नेपालकै पहिलो महिलाप्रधान अन्तर्राष्ट्रिय स्तरमा सहनिर्मित फिल्म हो।
फिल्ममा नेपालबाट मन प्रडक्सन र अन्डरग्राउन्ड टकिज पनि निर्माणमा सहभागी छन्। फिल्मका अन्य प्रमुख निर्मातामा नेपालबाट अनुप पौडेल र सामीप्यराज तिमल्सेना रहेका छन् भने कार्यकारी निर्माताका रूपमा निकुन श्रेष्ठ संलग्न छन्। साथै जर्मनीबाट रोक्शाना रिचर निर्माताको रूपमा रहेकी छिन्।
विवाहको पृष्ठभूमि बुनिएको एक मुठ्ठी बादलले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गर्दछ। युवतीमाथि समाजले राखेका अनेकन अपेक्षा र आफूभित्र निसास्सिरहेको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्वलाई फिल्मले उजागर गर्नेछ। गृहिणी हुनुका साथसाथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौ“ महिलाका अनेक अदृश्य त्याग, संघर्ष र निःस्वार्थ योगदानलाई फिल्मले कथामा समेटेको छ।
फिल्ममा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अस्मिता गौतमलगायत कलाकारले अभनिय गरेका छन्। निर्देशक सहारा शर्माले फिल्मले पोस्ट प्रडक्सनका लागि प्रतिष्ठित फन्ड पाएकोमा खुसी व्यक्त गरेकी छन्।
‘नेपाली नारीका दुःख, सुख, त्याग, तपस्या, वलिदान, यिनका अनेक पक्ष र क्षमतालाई विश्वस्तरमा चिनाउने मेरो सँधै“ प्रयत्न रहनेछ। यो पुरस्कारले त्यहीतर्फ चलेको हाम्रो यात्रालाई उडान भरेको छ,’ उनको भनाइ छ। ह्युबर्ट बाल्स फन्डमा छनोट भएपछि एक मुठ्ठी बादलको अन्तर्राष्ट्रिय सम्भावना अझै बलियो भएको छ।
प्रतिक्रिया