काठमाडौँ ।
अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । ट्रम्पले अमेरिकी सत्तामा शानदार पुनरागमन गरेका छन् । २०२० मा जो बाइडेनसँग हारेका ट्रम्पले यस पटक भने डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका छन् ।
उनले अहिलेसम्म २७९ इलेक्टोरल भोट प्राप्त गरेर विजयी भएका हुन् । केही राज्यमा मत गणना अहिले पनि जारी रहेको छ । त्यस्तै ह्यारिसले भने २२३ इलेक्टोरल भोट प्रप्त गरेकी छन् ।
तर अर्कोतर्फ डेमोक्र्याट पार्टीकी उम्मेदवार कमला ह्यारिसले हार्वर्ड विश्वविद्यालयमा जम्मा भएका जनतालाई सम्बोधन गर्ने बताइएको थियो ।
चुनावी नतिजा सार्वजनिक भएपछि कमला ह्यारिसका समर्थकहरू हार्वर्ड विश्वविद्यालयबाट बाहिरिए र उनी आइनन् । जसका कारण यहाँका कुर्सीहरु खाली देखिए । हारसँगै ह्यारिसले आफ्ना समर्थकलाई सम्बोधन गरिनन् ।
प्रतिक्रिया