एमाले काठमाडौँले टुंग्यायो उपचुनावका लागि उम्मेदवार


काठमाडौँ।

आगामी मंसिर १६ गते हुने उपचुनावका लागि नेकपा एमाले काठमाडौँले सबै उम्मेदवार टुंग्याएको छ । बुधबार बसेको एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकले कीर्तिपुरका मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको हो।

महासचिव शंकर पोखरेल समेतको उपस्थितिमा बसेको बैठकले कीर्तिपुरको मेयरमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष दीपक निरौलाले बताए ।

त्यस्तै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षका लागि लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिस गरेको अध्यक्ष निरौलाले बताए ।