काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका उपसचिव एवम् सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार संविधानको धारा २८२ उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्। ।
प्रतिक्रिया