नेपाली सेनाको स्थापनाबारे अहिलेसम्म विभिन्न धारणा सार्वजनिक हुने गरेका छन्। विसं १८०१देखि नेपाली सेना मुलुकको स्वतन्त्रता, अखण्डता र सार्वभौमिकता रक्षाका लागि खटेको पाइन्छ। तर, इतिहासकारले भने नेपालमा विसं १६१६मा यशोब्रह्मा शाहले गोरखा राज्य स्थापना गरेपछि गोरखाली सेनाको रूपमा नेपाली सेना स्थापना भएको दाबी गर्ने गरेका छन्। यसरी हेर्दा नेपाली सेनाको इतिहास साढे चार सय वर्षभन्दा बढी भइसकेको देखिन्छ। तर, नेपालमा नेपाली सेनाको स्थायीरूपमा बटालियन नै बनाएर सेनालाई विभिन्न सैन्य कला सिकाउने तथा ब्यारेकमा बसाउने प्रणालीको सुरुवात राजा पृथ्वीनारायण शाहले गरेको पाइन्छ।
विसं १८०१ राजा पृथ्वीनारायण शाहको कमान्डमा नेपालको पहिलो सैनिक संरचना शिवरात्रिकै दिन बनेको इतिहासबाट देखिन्छ। सोही दिन स्थापना गरिएको नेपाली सेनालाई आधुनिक नेपालको सेनाको रूपमा लिने गरिएको छ।
नेपाली सेनाले शिवरात्रिकै दिन ‘सेना दिवस’ मनाउनु संयोगमात्र होइन, अर्थपूर्ण पनि छ। ‘शिव’ चेतनाका प्रतीक हुन् र शक्ति पनि। शिव ईश्वर हुन्, ईश्वर भनेको सत्य। शिवमा ध्यान अवस्थामा स्थिर रहने र परेको बेला ध्वंस गर्ने गुण रहेको मानिने कारण शिवरात्रिमा सैनिक दिवस मनाउनु सत्य र चेतना शक्ति आत्मसात गरेको जनाउने सुरक्षा मामिला विज्ञ डा.दीपकप्रकाश भट्टले बताए।
सन् १७४४ मा तत्कालीन गोर्खा राज्यले संगठित गरेको सेना मैदानमा उत्रिँदा दक्षिण एसियाका देशमा सैनिक संरचना नै थिएन। त्यसैले नेपाली सेना दक्षिण एसियाकै सबैभन्दा पुरानो सैनिक संगठन भएको दाबी गर्ने गरिएको छ।
गोरखाली सेनाको प्रथम सेनाध्यक्ष पृथ्वीनारायण शाहले सेनाको निर्माण गरेर एकीकरण अभियान अघि बढाएका थिए। उनले प्रथम पटक काजी पदमा वंशीधर पाँडेलाई नियुक्त गरेका थिए, उनै पाँडे अहिले कालु पाँडेका नामले चिनिन्छ।
नेपाली सेनाका हालसम्मका प्रधानसेनापतिः–
विराज थापामगर
महेश्वर पन्त
कालु पाण्डे
शिवराम सिंह बस्न्यात
रामकृष्ण कुँवर
केहरसिंह बस्न्यात
वंशराज पाण्डे
अभिमानसिंह बस्नेत
बलभद्र शाह
कीर्तिमानसिंह बस्न्यात
दामोदर पाण्डे
अमरसिंह थापा
भीमसेन थापा
रणजंग पाण्डे
माथवरसिंह थापा
अभिमानसिंह रानामगर
राणा शासनकालका प्रधानसेनापति
१ जंगबहादुर राणा
२ बमबहादुर राणा
३ कृष्णबहादुर राणा
४ रणोद्दिपसिंह बहादुर राणा
५ जगतशम्शेर राणा
६ धीरशम्शेर राणा
७ जीतजंग राणा
८ खड्गशम्शेर जंगबहादुर राणा
९ रणशम्शेर जंगबहादुर राणा
१० देवशम्शेर जंगबहादुर राणा
११ चन्द्रशम्शेर जंगबहादुर राणा
१२ भीमशम्शेर जंगबहादुर राणा
१३ जुद्धशम्शेर जंगबहादुर राणा
१४ रुद्रशम्शेर जबरा
१५ पद्मशम्शेर जंगबहादुर राणा
१६ मोहनशम्शेर जंगबहादुर राणा
१७ बबरशम्शेर राणा
१८ केशरशम्शेर राणा
प्रजातन्त्र प्राप्ति पछिका प्रधानसेनापति
१ किरणशम्शेर राणा
२ तोरणशम्शेर जबरा
३ नीरशम्शेर जबरा
४ सुरेन्द्रबहादुर शाह
५ ंिसंहबहादुर बस्न्यात
६ गुणशम्शेर जबरा
७ सिंहप्रताप शाह
८ अर्जुननरसिंह राणा
९ सत्चितशम्शेर जबरा
१० गडुलशम्शेर जबरा
११ धर्मपालवरसिंह थापा
१२ प्रज्वल शम्शेर जबरा
१३ प्यारजंग थापा
१४ रुक्मांगद कटवाल
१५ छत्रमानसिंह गुरुङ
१६ गौरवशम्शेर जबरा
१७ राजेन्द्र क्षेत्री
१८ पुर्णचन्द्र थापा
१९ प्रभुराम शर्मा
२० अशोकराज सिग्देल
प्रतिक्रिया