प्रधानमन्त्री ओली अस्वस्थ


काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको हो। ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट गरेका छैनन्। उनले आज बिहान गृहमन्त्री रमेश लेखक र मुख्य सचिव एकनारायण अर्यालसँग भेट गरेका थिए। अहिले बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन्।