भारतमा वायुसेनाको मिग-२९ विमान दुर्घटना


काठमाडौँ।

भारतीय राज्य उत्तर प्रदेशको आगरामा सोमबार वायुसेनाको विमान मिग-२९ दुर्घटना भएको छ। दुर्घटनामा पाइलट र कोपाइलटले भने हाम फालेर ज्यान जोगाएका भारतीय संचारमध्यमहरुले जनाएका छन्।

नियमित प्रशिक्षण उडानका क्रममा प्राविधिक गडबडीका कारण उक्त दुर्घटना भएको वायुसेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

दर्घटनापछि पाइलट र उनका साथी कोपाइलट दुई किलोमिटर टाढा फेला परेको बताइएको छ।

उक्त मिग-२९ विमान पन्जाबको आदमपुरबाट उडेको थियो।