ललितपुर।
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंंहले नेपाल संंवत्को नयाँ वर्ष राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउन संधै प्ररेणा दिइरहने बताए ।
नागबहाल टोल सुधार समितिले नेपाल संवत् ११४४ नयाँ वर्षको अवसरमा नागबहालको गगनबाटीका शुक्रबार आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।
२०५६ साल मंसिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले नेपाल संवत्का प्रणेता शंखधर साख्वाःलाई राष्ट्रिय विभूति मान्यता दिएको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले नेपालको मौलिक संवत् नेपाल संवत्को नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरे । पञ्चायतकालमा नागबहालमा आफनो बुबा एवंम् जनआन्दोलनका सर्वाेच्च कमान्डर गणेशमान सिंह भूमिगत हुनुभएको उल्लेख गर्दै उनले त्यसले गर्दा पनि नागबहालमा आउन आफूलाई सधैँ मन लागिरहने बताए ।
सो अवसरमा पूर्व उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता र नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोगमा ल्याएको बताउँदै यो संबै नेपालीको साझा संवत् रहेको बताए। उनले नेपाल संवत्को नेपालको मौलिक संवत् रहेको बताउँदै यसले नेपाल र नेपालीलाई सधै मौलिक र राष्ट्रिय स्वाभिमानमा गर्व गर्न सिकाउने विश्वास व्यक्त गरे ।
नगबहाल टोल सुधार समितिका अध्यक्ष विकासरत्न धाख्वाले राजनीति, समाजसेवा, जनप्रतिनिधि, प्रहरीप्रशासन, धार्मिक तथा विविध पेशाकर्मीहरु एक ठाउँमा जमघट भएर आपसी सद्भाव र बन्धुत्वको भाव सम्प्रेषण गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
सो अवसरमा ललितपुर क्षेत्र नं १ का सांसद् उदयशम्शेर राणा, क्षेत्र नं २ का सांंसद् प्रेमबहादुर महर्जन, वाग्मती प्रदेशसभाका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रदेश २ (१) र (२) सांसद रामेश्वर श्रेष्ठ, रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी शाक्य, पूर्व सांसद् सुजिता शाक्य, पूर्व प्रदेश सभासदस्य शोभा शाक्य, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, नेपाल काँग्रेस वाग्मती प्रदेशसभाका सभापति इन्द्र बानिया, नेपालभाषाका साहित्यकार यज्ञरत्न धाख्वा, बौद्ध विदूर्षी अमिता धाख्वा ललितपुर महानगरपालिका – १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्य, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज शाक्य लगायले बोलेका थिए।
नगबहालले लोकतान्त्रिक आन्दोलन, बुद्ध धर्मको विस्तार, खेलकुद, स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकासमा पु¥याएको योगदानलाई केन्द्रीत गरी त्यस कार्यमा तीन तहको सरकारको यथोचित सहयोगको भूमिकाको खाँचो ती वक्ताहरुले औल्याएका थिए ।
प्रतिक्रिया